प्रतिलिटर ३ रुपैयाँले घट्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडाैं | पुस २४, २०७९

प्रतिलिटर ३ रुपैयाँले घट्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य तस्बिर फाइल

काठमाडौंः   सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले आज आइतवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । 


निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर तीनरतीन रुपैयाँका दरले घटाएको छ । यस्तै आन्तरिक र अन्तर्राष्ट्रिय हवाई इन्धनमा क्रमशस् २० र ३० रुपैयाँले घटेको निगमले विज्ञप्तिमार्फत जनाएको छ । योसँगै अब पेट्रोल प्रतिलिटर एक सय ७५ रुपैयाँ कायम भएको छ भने डिजल र मट्टीतेल प्रतिलिटर एक सय ७५ रुपैयाँ कायम भएको छ । 


आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय ७० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर एक हजार चार सय २० डलर कायम भएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने अहिलेलाई यथावत् राखेको छ ।


यसअघि भारतले पेट्रोलियम पदार्थको मूल्यसूची घटाएर पठाए पनि निगमले भने नघटाएको भन्दै उपभोक्ताले विरोध गर्दै आएका थिए । गएको बिहीवार प्रधानमन्त्रीले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिए पनि निगमले भने आज मूल्य घटाएको हो । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्